कञ्चन क्यापिटलको वार्षिकोत्सवमा रक्तदान
पाेखरा | असार ५, २०८०
पोखरा: कञ्चन क्यापिटल प्रालिको वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको खुला रक्तदान कार्यक्रममा ५९ युनिट रगत संकलन भएको छ । प्रालि ४ वर्ष पुरा भई ५ वर्ष प्रवेशको अवसरमा गरिएको विविध कार्यक्रम अन्तर्गत सोमबार रक्तदान गरिएको थियो ।
अध्यक्ष विमलमान गुभाजुले पहिलो रक्तदाता जितेशमान गुमाजुलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको सुरुवात गरिएको थियो । रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा प्रालिका शेयर सदस्य र कार्यरत कर्मचारीहरुले रगत दिएका थिए ।
मानव जीवन रक्षाका निम्ती वार्षिकोत्सवमा रक्तदान प्राथमिकतामा परेको अध्यक्ष गुभाजुले बताए । सबैको सहयोग र साथले थप रचनात्मक कार्यका लागि प्रोत्साहन उनको भनाइ थियो । वार्षिकोत्सव अन्तर्गत नै मंगलबार पुरस्कार विरतण लगायतका कार्यक्रम हुने गुभाजुले जानकारी दिए । ‘यो सुरुवात मात्रै हो । आउने दिनमा अरु सामाजिक कामहरु पनि गर्दै जाने हो,’ उनले भने, ‘कोरोनाका समयमा राहत बाड्ने र आर्थिक सहयोग उपलब्ध गराउने काम गरिएको थियो ।’
२०७६ सालमा स्थापना भएको प्रालिको पोखरा र लेखनाथमा ९ वटा व्यावसायिक फर्म छन् । जसमा पोखराका विभिन्न स्थानमा सुनचाँदीका ९ वटा पसल छन् । यसबाहेक अर्चलबोटमा कञ्चन डिमार्टमेन्टल स्टोर र बेगनास ताल माझिकुनामा बेगनास एक्वा पार्क प्रालि सञ्चालनमा छन् । १७ जना शेयर सदस्य रहेको प्रालिमा करिब २ सय जना कर्मचारी कार्यरत रहेको अध्यक्ष गुभाजुले जानकारी दिए ।
काठमाडौं: नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीले टेस्ट राष्ट्रमाथि पहिलो ऐतिहासिक जित निकालेको छ । महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शनिबार त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रङ्गशालामा भ...
काठमाडौं: निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको उमेदवारका लागि बैंकिङ खाता सञ्चालन गरिदिन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । आयोगले केन्द्रीय बैंकलाई पत्राचार गर्दै उमेदवारले निर्वाचनसम्बन्धी खर्च ग...
तनहुँ: पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुँखैरेनी गाउँपालिका–२ नारीघाटमा मिनी ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका–१४ बस्ने ६० वर्षीय दलबहादुर थापा रह...

